सेयर बजारमा ७९.७९ अंकको गिरावट

काठमाडौँ– तिहारपछिको पहिलो कारोबारमा गिरावट आएको सेयर बजारमा मंगलबार पुन: गिरावट आएको छ । आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७९ अंकले घटेर २,७४९.८६ बिन्दूमा झरेको छ ।
नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि १६.०२ अंक अर्थात् ३.०३ प्रतिशतले घटेको छ । मंगलबार २ सय २५ कम्पनीका सेयर १ लाख ६ सय ६६ पटक करोबार भएको छ ।
१ करोड १९ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । आज सबै उपसमूह घटेर राता भएका छन् । सबैभन्दा धेरै नन् लाइफइन्स्योरेन्स उपसमूह ४ सय ६४.४९ अंकले घटेको छ ।
मानुषी लघुवित्त, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

प्रतिक्रिया