सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

नबिलले दिने भयो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश

काठमाडौंः नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अन्य बैंकहरुले मर्जर र एक्विजिसनबाट वासलात ठूलो बनाउँदै लगेपछि नबिलले आफ्नो स्थान जोगाइराख्न नबिल बैंकमाथि दबाब छ । यसै कारण पनि नबिलले नगद लाभांशभन्दा पनि यसपटक पुँजी वृद्धिमा जोड दिएको हो । 
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो ।  कोभिड–१९ महामारीका बीच चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले झण्डै सवा अर्ब मुनाफा आर्जन गरेको छ । नबिल बैंकको  चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । बोनस सेयर वितरण सँगै थप सवा तीन अर्ब  रुपैयाँभन्दा बढीले पुँजी वृद्धि हुनेछ । नबिल बैंकले उच्च लाभांश दिने चर्चासँगै दोस्रो बजार लगानीकर्तामाझ बैंकको सेयरमा आकर्षण बढेको छ ।