शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

स्रोत नखुलेको २० लाखसहित पक्राउ

पर्सा- वीरगंजमा स्रोत नखुलेको २० लाखसहित एकजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको २० लाख रुपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-५ नकटुवाका ३१ वर्षीय चन्दन कुमार साह पक्राउ परेका हुन् । 

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना-४८ प ७६९१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित  सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।  

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको  प्रहरीले जनाएको छ ।