कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ- कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष अमिर प्रताप ज.ब राणाको अध्यक्षतामा नक्साल कार्यालय, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयर धनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनस शेयर वा पत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सो बोनस शेयर जारीपछि बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ हुनेछ।
आर्थिक वर्ष २०७७/७८ को मसान्तसम्म बैंकले कुल निक्षेप १५७ अर्ब १७ करोड परिचालन तथा कुलकर्जा रकम १४३ अर्ब ७७ करोड प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड तथा १ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी १९६ शाखा सञ्जाल, १७५ एटिएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ।

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

प्रतिक्रिया