दुई दिन टिक्ने ब्याट्रीसहित साओमीको प्याड-५

काठमाडौँ- साओमी नेपालले सोमबार साओमी प्याड-५ सार्वजनिक गरेको छ। साथै २२.५ वाटको इन-बक्स चार्जर तथा ८ हजार ७ सय २० एमएएचको ब्याट्री जडान गरिएको जसले लामोसमयसम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीकाअनुसार उक्त फोनमा बिल्ट–इन लो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्ले छ । साओमी प्याड५ मा ८ एमपीको फ्रन्ट क्यामरा र १३ एमपीको एकल क्यामेरासँगै ब्याकक्यामरा छ । यसको शक्तिशाली ७ न्यानोमिटरको उच्च–कार्य क्षमता क्वालकम स्न्याप्ड्रागन ८६०प्रोसेसर २.९६ गिगाहट्र्जसम्मको गतिमा पुग्छ। यो प्याडमा इमर्सिभ ११–इन्चको डिस्प्लेले उत्कृष्ट दृश्य प्रस्तुत गर्नको लागि यसको उच्च डब्लुक्युएचडीं १२० हट्र्जको रिफ्रेस रेट प्रदान गर्दछ ।
कम्पनीकाअनुसार १ अर्ब भन्दा बढी रङहरू भएको रंगीन डिस्प्लेले मनोरञ्जन दिन्छ। साओमी प्याड–५ ले डल्बी एटमसद्वारा संचालित इमर्सिभ ध्वनि अनुभवसमेत गराउँछ। हल्का तौल, स्लिम डिजाइन भएको यो फोन पोर्टेबल छ। यसलाई सहज झोलामा राखेर हिडडुल गर्न सकिन्छ।
साओमी प्याड ५ कस्मिक ग्रे र ल्युमिनिसेन्ट पर्ल वाइट दुई रङमा उपलब्ध रहेको छ। ६ जिबी र २ सय ५६ जिबी स्टोरेज भएको प्याडको ४९ हजार ९ सय ९९ रुपैयाँ छ । त्यसैगरी, ६ जिबी र १ सय २८ जिबी स्टोरेज भएको प्याडको ४४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । साओमी प्याड नेपालको सबै आधिकारिक स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

प्रतिक्रिया