साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।
साग भनेर धतुरोको तरकारी खादा ८३ पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएको छ । दुबै जना उपचारपछि घर फर्किएका छन् ।
आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

प्रतिक्रिया