कांग्रेस र नेकपालाई सभामुखको धन्यवाद

काठमाडौं : सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन्। दशैं भत्ताका विषयमा सभामुख सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै दलहरुलाई धन्यवाद दिएका हुन्।
‘सुविधाका सन्दर्भमा देशको हालको संकटपूर्ण अवस्थालाई मध्यनजर गरी सत्तापक्ष तथा प्रमुख प्रतिपक्ष दलले गरेको सुझवुझपूर्ण निर्णयप्रति हार्दिक धन्यवाद दिन चहान्छु’, सभामुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले सोमबार नै संघीय सांसदहरुको दसैं भत्ता ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ जम्मा गर्ने निर्णय गरेको छ।
जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगिरहेका बेला जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको भन्दै कांग्रेसले पार्टीका सांसदहरुको दसैं भत्ता कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको हो।
सत्तारुढ नेकपाले पनि दशैं भत्ता कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै प्रधानमन्त्री र मन्त्रीहरुले पनि आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया