प्रधानसेनापति शर्मा आज सेनाकै विमानमा भारत भ्रमणमा जाँदै

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा आज(मंगलबार) छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनलाई जंगी अड्डामा साेमबार नै औपचारिक रूपमा भारत भ्रमणको बिदाई गरिएको छ । उक्त बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थिति थियो ।
भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा जान लागेका हुन । उनी नेपाली सेनाको विशेष विमानमा भारत जाने भएका हुन् । इन्डोनेसियामा निर्मित कासा विमानमा मंगलबार बिहान पत्नी सुनिता शर्मा सहित नौ सदस्यीय सैन्य टोलीका साथ भारत जानेछन् ।
उनको भ्रमण भार उक्त विमान भारतमा नै रहने र त्यहाँबाट उनलाई कात्तिक २६ मा लिएर फर्कने छ । यसअघिका प्रधानसेनापतिले भारत भ्रमणमा हेलिकप्टर प्रयोग गरेका थिए । तर प्रधानसेनापति शर्माले कासा प्लेनलाई नै उपयोग गर्दै आफ्नो गर्विलो उपस्थिति नयाँ दिल्लीमा देखाउनेछन् । उनले कात्तिक २३ देखि कात्तिक २६ सम्म भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दाबाट भारतीय सेनाको मानार्थ महारथि दर्जा लिनेछन् ।
नेपाल र भारतबीच एक अर्का सेनापतिहरुले मानार्थ दर्जा लिने चलन छ । शर्माले बुधबार उक्त मानार्थ महारथीको दर्जा लिने सेनाले जानकारी दिएको छ । उनले त्यहाँका अन्य सैन्य प्रमुख, राजनीतिक नेतृत्व लगायतलाई भेट्ने कार्यक्रम पनि छ । कतिपय राजनीतिक भेटघाट तय हुन बाँकी भए पनि कैयन भेटघाट तय भइसकेका छन् । यसपटक नयाँ दिल्ली बाहिर भने भ्रमणको कुनै कार्यक्रम छैन् ।
प्रधानसेनापतिको भ्रमणले नेपाल र भारतको सम्वन्धलाई उचाईमा लैजाने मात्र होइन दुईपक्षीय समस्या समाधानमा पनि कुराकानी हुनेछ । नेपालमा भारतले नाकाबन्दी गर्दा पनि नेपाली सेनाले ननै भूमिका निर्वाह गरेको थियो त्यो नाकाबन्दी खोल्न ।
नेपाली सेनप्रति भारतीयसेनाको विशेष सम्मान रहने हुनाले पनि सेना-सेना बीचको सहकार्य महत्व पूर्ण रहेको राजनीतिक नेतृत्वले नै बताउँदै आएका छन् । उनले भारत जानुअघि रक्षामन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतसँग शिष्टाचार भेट गरेर सैन्य साचोका विषय र अन्य राजनीति छलफलको विषय तय गरेका हुन् ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया