'फास्ट ट्रयाक'बाट मेलम्चीको पानी छिट्टै काठमाडौँमा: मन्त्री चौधरी

सिन्धुपाल्चोक- खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी छिट्टै काठमाडौँ पठाउने बताएका छन् । 'फास्ट ट्रयाक'बाट अस्थायी संरचना निर्माण गरेर तत्काल मेलम्चीको पानी काठमाडौँ लाने उनले बताएका हुन् ।
हेलिकप्टरबाट आज (सोमबार) मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका चौधरीले स्थायी संरचनाको काम पनि तत्काल थाल्ने बताए । उनले भने, 'अहिले अस्थायी संरचनाबाट पानी छिट्टो काठमाडौँ लान्छौं, स्थायी संरचनाको काम पनि सुरु हुनेछ ।'
छिट्टो काम सक्नकालागि मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकलाई निर्देशन दिएको चौथरीले बताए । हेलम्बु मेलम्चीको बाढीको मुहानस्थल भ्रेमाथाङ पनि पुगेका मन्त्री चौधरीले एसियाली विकास बैंक (एडिबी)लाई मेलम्ची खानेपानीको मुहानको जलाधार क्षेत्रको संरचना अध्ययन गर्न आग्रह गर्ने बताएका छन् ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीको पानी छिट्टो काठमाडौँ पठाउने प्रक्रिया थाल्न आग्रह गरेका छन् । उनले मेलम्चीको मुहान अम्बाथान पहिरोको जोखिममा रहेकाले खानेपानीको स्थायी संरचना सर्कथलीमा निर्माण गर्न पनि मन्त्रीलाई सुझाव दिएका छन् ।
गत असार १ गते आएको बाढी र पहिरोले मेलम्ची करिडोरमा अर्बौको क्षति पुर्याएको थियो । पानीसहितको लेदोले मेलम्ची खानेपानी आयोजनाको संरचनासमेत ध्वस्त बनाएको थियो ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया