सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौँ- सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई समितिको अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ ।
बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रूपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।
नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । उनी देशभित्र हाइड्रो विज्ञका रूपमा समेत परिचित छन् । विगत २४ वर्षको पेशागत अनुभव सम्हालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी जनाइसकेका छन् ।

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

प्रतिक्रिया