सैनिक श्रीमती संघको वार्षिकोत्सव सम्पन्न

काठमाडौँ - सैनिक श्रीमती संघको ३८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । साेमबार काठमाडाैँ भद्रकालीस्थित सैनिक मुख्यलयमा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा विशेष पूजा, अर्चना, झण्डोत्तोलनलगायत विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव सम्पन्न भएकाे हाे । उक्त समारोहमा प्रधान सेनापति शर्मा र संघकी अध्यक्ष सुनिता शर्माद्वारा सैनिक श्रीमती संघको वर्षिक मुखपत्र ‘सवा सुमन’ को विमोचन गरिएकाे छ । प्रधान सेनापति मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।
सोही भ्रमणको तयारीको क्रममा रहेका उनले आन्तरिक भेटघाट पनि तीव्र पारिरहेका छन् । यसै समयमा शर्मा वार्षिकोत्सव समारोहमासमेत सहभागी भएका हुन् । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द,अधिकृत तथा सकल दर्जालगायत सैनिक श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति थियो ।

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

वैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन वर्ष पुरानो कमिला

जब १ हजार ताराहरू एक आपसबाट भागिरहेको भेटियो, वैज्ञानिक हैरान

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

प्रतिक्रिया