चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई भेरोसेल खोप प्रदान

काठमाडौँ – चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप प्रदान गरेको छ । काठमाडौँस्थित जंगी अड्डामा सोमबार आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई १० थान भेन्टिलेटर, १ सय थान अक्सिजन कन्सन्ट्रेटरसहित खोप हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधीकारीलाई समेत उपलब्ध हुनेछ । कोभिड–१९ विरुद्धको लडाइँमा यस्ता सहयोगबाट सेना जनताको सेवामा थप प्रभावकारीरुपमा लाग्न सक्षम हुने सेनाले विश्वास लिएको छ ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया