चिसोसँगै प्रदुषण बढेपछि शतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले शतर्क रहन आग्रह गरेको छ । जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले यसबाट बच्न शतर्क रहनुपर्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताएका हुन् ।
उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको स्पष्ट पारे । पौडेलका अनुसार सो दिनमा काठमाडौंको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको छ । उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।
मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढी रहेकोले नेपालमा जाडो याममा मुख्य सहरहरूमा प्रदूषण बढ्न सक्ने जनाए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डलनजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौंलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता सहरहरूमा आगामी दिनमा प्रदूषण बढ्ने बताए ।
जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरू अपनाउन उनले सर्वसाधारणमा आग्रह गरे ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया