प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरूको चेतावनी

काठमाडौँ - कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङ्गणमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाशीश जबराले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने चेतावनी दिए ।
नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने बताए। ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो,' उपाध्यक्ष भट्टराईले भने, कुनै पनि हालतमा नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिनेवाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । देशभरका कानुन व्यवसायीहरू आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे । उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकटमा परेको छ । न्यायपालिकामा हिजो समस्या थियो । तर आज न्यायपालिकामा संकट आएको छ । उहाँले संकट निम्त्याउनुभयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ । उहाँले मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ भन्नुहुन्छ। उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिकाम निर्वाह गर्नु भएको छ ? के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नु भएको छ ? आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । त्यसको सबैभन्दा ठूलो कारण उहाँ आफै हुनुहुन्छ ।’
नेपाल बार एशोसिएशनका पूर्व केन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाइ गर्न नहुने बताए । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दाबीसमेत गरे। ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौं । प्रधानन्यायाधीशको राजीनामा वकीलले माग गर्नु निश्चयनै दुःखद् कुरा हो,' उनले भने, 'तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्यो भन्दा पनि दुःखद कुरा हो । प्रधानन्यायाधीशले यो बुझ्नु पर्छ कि बार किन तपाईको राजीनामा माग गर्न बाध्य भयो, विवश भयो ? बार र बेन्ज दुवैले तपाईको राजीनामा माग गरिरहेका छन् । यस्तो अवस्थामा तपाईसँग राजीनामाको विकल्प छैन । राजीनामा दिनुस् । मार्ग प्रशस्त गर्नुस् ।'
नेपाल बार एशोसिएशनले मंगलबार (भोली) बिहान साँढे १० बजेपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरूलाई आह्वान गरेको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया