प्रधानसेनापतिको भारत भ्रमणको अघिल्लो दिन नेपाली सेनालाई चिनियाँ सहयोग

काठमाडौँ- छिमेकी चीनले नेपाली सेनालाई सहयोग स्वरुप स्वास्थ्य सामग्री र कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । सोमबार एक समारोहबीच तीन लाख डोज कोभिड-१९ विरुद्धको खोप र स्वास्थ्य सामग्री जंगी अड्डामा हस्तान्तरण भएको हो ।
चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त खोप तथा सामग्री एक समारोहका बीच बुझाएकी हुन् । चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज कोभिड-१९ विरुद्धको खोप जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच बुझाएका हुन् ।
प्रधानसेनापति शर्मा र राजदूत होउ वार्ता
प्रधानसेनापति भारतको औपचारिक भ्रमणमा जानु अघिल्लो दिन चिनियाँ राजदूतले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई पठाएको उपहार हस्तान्तरण गर्दै आपसी हितका विषयमा समेत छलफल गरेकी हुन् । नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिएका थिए ।
यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारीहरू समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाईंमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुत हुने विश्वास लिइएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया