बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्ने वकिलहरूको चेतावनी
काठमाडौँ - स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीमा आबद्ध वकिलहरुले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
प्रधानन्याधीशको राजीनामा माग गर्दै नेपाल बारले गरेको आन्दोलन अपूर्ण भएको भन्दै उनीहरुले मंगलबार बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । प्रधानन्यायाधीशले राजीनामा दिने भन्दा पनि महाअभियोग लगाएर कारबाही गर्नुपर्ने उनीहरुको भनाई छ ।
बारले आन्दोलन अपूर्ण रहेको र यसलाई पूर्ण गर्नका लागि स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरुले मंगलबारबाट तालाबन्दीसहित विरोध गर्ने स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानका महासचिव कृष्ण प्रसाईले बताए ।
उनीहरुले न्यायालयमाथिको राजनीतिक हस्तक्षेपको विरोधमा संघर्ष जारी रहने जनाएका छन् । यसअघि पनि उनीहरुले सेतोपट्टी बाधेर प्रधानन्यायाधीशको राजीनामाले मात्र समस्या समाधान नहुने बताउदै आएका थिए ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया