प्रधानन्यायाधीशले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरूद्वारा इजलास बहिष्कार

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नजाने भएका छन् ।
प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीश जबराले आफैँलाई इलजास तोकेपछि सोमबार पनि इजलासमा आन्दोलित न्यायाधीशहरू नजाने भएका छन् ।
विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ भने प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा. कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् ।
तर, प्रधानन्यायाधीश जबराले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरू इजलासमा नजाने भएका हुन् ।
'प्रधानन्यायाधीशज्यूले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’', एक न्यायाधीशले भने, ‘तर, सोमबार उहाँले आफैँलाई इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफलमै छौँ ।’
जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेका छन् । न्यायाधीशहरूले जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।
यो पनि
बारकाे आन्दाेलनकाबीच प्नधानन्यायाधीशले तोके ६ इजलास
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया