तिमल्सेनाले समावेशी आयोगमा सदस्य नियुक्ति नलिने

काठमाडौं : समावेशी आयोगका सदस्य सिफारिसमा परेका रामकृष्ण तिमल्सेना उक्त नियुक्ति अस्वीकार गर्ने भएका छन् । सर्वाेच्च अदालतका पूर्वरजिष्ट्रार तिमल्सेनालाई संवैधानिक परिरषद्ले समावेशी आयोग सदस्यमा नियुक्त गरेको सूचना बाहिर आएको थियो ।
नियुक्तिपूर्व सोधिएको थियो कि थिएन र किन नियुक्ति अस्वीकार गर्नु परेको हो भन्ने प्रश्नमा तिमल्सेनाले भने, ‘मलाई धेरै पहिला सोधिएको थियो, मैले सम्मानित र आफ्नो क्षमता उपयोग गर्न सक्ने संस्था भएमा हुन्छसम्म भनेको थिए ।’
उनको चाहना राष्ट्रिय मानव अधिकार आयोग थियो । त्यसअतिरक्त उनले सहज अवस्थामा संवैधानिक परिषदबाट नियुक्तिसमेत नभएको पृष्ठभूमि भएका कारण अस्वीकार गरेका हुन् । ‘म मूल्य–मान्यतामा विश्वास गर्ने मानिस हुँ’ उनले इकागजसँग भने, ‘यतिखेर जसरी नियुक्त भएको परिदृश्य बाहिर छन्, त्यो पृष्ठभूमिमा नियुक्ति लिनु जायज पनि होइन ।’
उनले नियुक्तिका सन्दर्भमा सामाजिक सन्जालमा लेखेका छन्, ‘मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । उक्त पदमा जाने मेरो रहर पनि छैन । सबै साथी भाइको जानकारीका लागि यतिसम्म भन्न पर्ने स्थिति आयो । मलाई सिफारिस गर्ने परिषद्प्रति म क्षमाप्रार्थी छु ।’

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया