फुलबारी बसपार्क सञ्चालनमा

कैलाली - धनगढी उपमहानगरपालिका-१९स्थित बसपार्क आजदेखि सन्चालनमा आएको छ । सघन शहरी बिकास कार्यक्रमअन्तर्गत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए । गत भाद्रमा निर्माण सम्पन्न भए पनि स्थानीयको अवरोधका कारण उक्त बसपार्क संचालनमा आउन केही समय लागेको हो ।
२ करोड ७५ लाख १५ हजारमा देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले उक्त बसपार्क निर्माण गरेको इन्जिनियर भट्टले बताए । धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा उक्त बसपार्क निर्माण भएको उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए ।
उनले हाल ५० ओटा बस अटाउने क्षमता रहेको बताउदै, टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघर लगायतका संरचना निर्माण भएको बताए । बसपार्कको मेयर वडले उदघाटन गरेका हुन् ।
बसपार्कबाट सुदुरपश्चिमका पहाडी जिल्लालगायत काठमाडौ, पोखरा, बिराटनगरसम्म बस सन्चालन हुने बताइको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया