बिना इन्टरनेट पनि ह्वाटस्एप चलाउन सकिने

काठमाडौँ - मेटाले ह्वाट्सएपलाई मल्टी डिभाइस सपोर्ट तथा बिना इन्टरनेट पनि चलाउन मिल्ने बनाउने भएको छ । ह्वाट्सएपले सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा उपलब्ध गराएको हो ।
अब प्रयोगकर्ताहरूले चारवटा डिभाइसमा ह्वाट्सएप फोनमा कनेक्ट गरी बिना इन्टरनेट मेसेज आदानप्रदान गर्न सक्ने छन् । पछिल्लो अपडेटले डेक्सटप भर्सनमा प्रयोग गर्न सहज भएको छ ।
गत जुलाईमा पहिलोपटक जुलाईमा ह्वाट्सएपले सार्वजनिक गरेको यो फिचर विभिन्न चरणको परीक्षण पनि सार्वजनिक भएको हो । सेकेन्डरी डिभाइसबाट ह्वाट्स एप चलाउँदा पनि इन्ड-टू-इन्ड इन्क्रिप्सन हुने हुँदा अन्यले पक्षले हेर्न र पढ्न नसक्ने कम्पनीले जनाएको छ ।
यसरी लिंक गर्नुहोस् ह्वाट्सएपलाई सेकेन्डरी डिभाइसमा
ह्वाट्सएपको मल्टी डिभाइस सपोर्ट चलाउनुअघि यसको पछिल्लो भर्सन अपडेट गर्नुपर्ने हुन्छ । यो फिचर बेटा भर्सनमा भएकाले केही समस्या आउनसक्ने कम्पनीले जनाएको छ । यो सुविधा ह्वाट्एप वेब, डेक्स्टप र पोर्टलमा उपलब्ध छ । यो भनेको ह्वाट्सएपले अहिलेसम्म एन्ड्रोइड वा आइफोनलाई सेकेन्डरी डिभाइस मानेको छैन । यसका साथै एन्ड्रोइड ट्याबलेट वा आइप्याडलाई पनि ह्वाट्स एपले सेकेन्डरी डिभाइस मानेको छैन ।
सुरुमा वेबमा ह्वाट्स एप खोल्ने, वेब ह्वाट्स एपले सिर्जना गर्ने क्यूआर कोडलाई मोबाइलको ह्वाट्स एप खोलेर स्क्यान गर्ने, फोनले उक्त क्यूआर स्क्यान गरेपछि डिभाइस लगइन कोड डिटेक्ट गर्छ ।
त्यसपछि ह्वाट्स एप अर्को डिभाइसमा प्रयोग गर्न लिंक अ डिभाइसमा क्लिक गर्ने। त्यसपछि पुन: क्यूआर कोड स्क्यान गरेपछि वेबमा ह्वाट्स सिंक हुन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया