देशभर २३३३ जनाको कोभिड परीक्षण गर्दा १४३ संक्रमित थपिए

काठमाडौँ- देशभर नयाँ १४३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार ३३३ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १४१ र एन्टीजेन्ट विधिबाट २ जनामा कोभिड पुष्टि भएको थियो ।
२४ घण्टामा ५६३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भइसकेका छन् । ९ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४४८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ७१३ जना छन् ।
आईसीयूमा १९७ र भेन्टीलेटरमा ४९ उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार १२४, संस्थागत आईसोलेशनमा ५८९ र क्वारेन्टिनमा ११२ जना छन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया