नेपालगन्जमा जिपको ‘प्रिमियम’ सोरुम

काठमाडौँ– नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले नेपालमा नयाँ सोरुम सुरु गरेको छ । गजानन् अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने बताइएको छ ।
पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका छन् । उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको उल्लेख गरे ।
त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र उहाँहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुष गरिरहेको बताए ।
जिप ब्रान्डले बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको जनाएको छ । ‘जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ,’ शाहले भने ।
जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको बताएको छ । त्यसैगरी, गजानन् अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगञ्जका ग्राहकलाई सबैभन्दा बढी विश्वास गरिएको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए ।
गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेख्य लोकप्रियता प्राप्त गर्दै आएको एमएडब्लु लाइफले बताएको छ ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया