पहिलो दिन नेपालमा ‘सूर्यवंशी’को खुद कमाइ २० लाख ?

काठमाडौँ - बलिउड फिल्म ‘सूर्यवंशी’ले भारतमा सोचेभन्दा बढी व्यापार गरेको आंकडा आएका छन् । भारतका धेरै राज्यमा ५० प्रतिशत अकुपेन्सीको नियमका बीच पनि फिल्मले गरेको यो कमाइलाई महामारीभन्दा अगाडि गर्ने फिल्मको कमाइलाई उछिनेको छ ।
निर्माण टिमले जारी गरेको तथ्यांक अनुसार फिल्मले पहिलो दिन २६ करोड २९ लाख रुपैँया बराबरको कमाइ गरेको छ । निर्माताले शनिबार सार्वजनिक गरेको यो आँकडामा भारतका विभिन्न राज्यसँगै नेपाललाई पनि जोडिएको छ ।
निर्माताले जारी गरेको यो आँकडा हेर्दा पहिलो दिन नेपालबाट फिल्मले २० लाख कमाइ गरेको छ । २० लाख नेट आम्दानी गर्न फिल्मले नेपालको हल र वितरकबीचको सेयर बाँडफाँडको रेसियो हेर्दा ६० लाख माथिको व्यापार गर्नुपर्छ । नेपाल वितरक मनोज राठीसँग कमाइको आँकडा पुष्टि गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।
तर फिल्मले पाएको सोज र तिनमा दर्शकको उपस्थितिले पहिलो दिन फिल्मले ६० देखि ८० लाखसम्मको व्यापार गरेको आँकलन छ । देशका सयभन्दा बढी पर्दामा लागेको फिल्मले शुक्रबार बिहानी सोमा ठीकै व्यापार गरे पनि मध्यान्नदेखि हाउसफुल व्यापार गरेको थियो ।
‘सूर्यवंशी’ले दर्शक हलमा तानेपछि नेपाली निर्माताले पनि राहतको सास फेरेका छन् । उनीहरूले सामाजिक सञ्जालमा पनि राम्रो फिल्म भए दर्शक आउने रहेछन् भन्ने स््टयाटस पोस्ट गर्दै फिल्मको माहोल फर्कन आस गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया