दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा
काठमाडौँ- दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पराजित गरेपनि अष्ट्रेलिया आइसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।
दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।
शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । समूह-१ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया