शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

घरेलु मैदानमा युनाइटेड २-० ले पराजित

काठमाडौँ- भ्रमणकारी टोली म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी२–० गोल अन्तरले विजयी भएको  हो ।

खेलमा युनाईटेडका एरिक बाइको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे । 

खेलको ७ औँ मिनेटमा बाइले आत्मघाती गोल गरेका थिए । बरनार्दो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । 

जितसँगै ११ खेलमा २३ अंक बनाएको  सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक बोकेको युनाइटेड पाँचौ स्थानमा छ ।