आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

थपिए कोभिड-१९ का ७४२ स‌क्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ७४२ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । 

त्यस्तै कोभिड-१९ का कारण सोमबार ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ । 

सोमबार एक हजार ७९ जना कोरोनामुक्त भएका छन् । योसँगै कोभिड-१९ मुक्त हुनेको संख्या  २ लाख ४४ हजार ७४३ पुगेको छ । अहिले मुलुकभर ७ हजार ९७६ जना आइसोलेसनमा छन् भने ४२१ जना क्‍वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ७७ हजार १८१ वटा पीसीआर परिक्षण गरिएको छ ।