लाली स्वास्थ्यचौकीमा औषधि अभाव

सिमकोट - हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधी अभाव हुँदा बिरामीलाई समस्या परेको छ । औषधी नहुँदा यहाँका सेवाग्राहीले रित्तो हातमा घर फर्कनु परिरहेको छ । एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधी अभाव भएपछि वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी मर्कामा परेका हुन् ।
सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र बृद्धबृद्धा बिरामी परेकोमा औषधी अभावले समस्या भइरहेको स्थानीय विर्जन शाहीले बताए । शाहीले भने, 'गाउँबाट बिरामी परेका नागरिकका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधी लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भन्दै फिर्ता पठाउने गरेको छन् ।'
दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी आउने गरे पनि औषधी अभावमा रित्तो हात फर्किनु परेको स्वास्थ्यचौकीले जनाएको छ। स्वास्थ्यकर्मीले सिजनल फ्लुका कारण बिरामी बढेको बताएका छन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया