थप १३९ जनामा कोभिड संक्रमण, एक जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोभिड संक्रमण पुष्टि छ । पीसीआरबाट दुई हजार १३४ र एन्टिजेनबाट एक हजार ७९८ गरी कुल तीन हजार ९३२ नमुना स्वाबको परीक्षण गर्दा १३९ जनामा संक्रमण देखिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या आठ लाख १४ हजार २१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या सातलाख ९४ हजार ८३४ पुगेको छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया