डिजीटल दक्षिणामा १० प्रतिशत क्यासब्याक

काठमाडौँ- तिहारमा दाजुभाईले दिदीबहिनीलाई दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । तिहारमा डिजिटल दक्षिणा दिँदा १० प्रतिशत दिने नयाँ योजना एनएमबी बैंकले प्रदान गरेको हो । बैंकले आफ्नो मोबाइल बैंकिङ एप मार्फत भाइटिकाको दक्षिणामा क्यासब्याक उपलब्ध गराउने भएको हो ।
नोटको प्रयोग कम गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यस किसिमको अफर ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार ईएनएमबी मोबाइल बैंकिङबाट डिजिटल दक्षिणा दिँदा तत्कालै १० प्रतिशत (अधिकतम् १०० रुपैयाँसम्म) क्यासब्याक पाइनेछ ।
यसको अर्थ दक्षिणामा ५०० रुपैयाँ दिँदा ५० रुपैयाँ तथा १००० रुपैयाँभन्दा माथिको दक्षिणामा १०० रुपैयाँ क्यासब्याक पाइनेछ । सीमित अवधिका लागि ल्याइएको यो अफर ईएनएमबी एपको फन्ड ट्रान्सफरमा लागु हुनेछ । यसको अर्थ क्यासब्याक पाउनका लागि फन्ड ट्रान्सफरमार्फत डिजिटल दक्षिणा आदानप्रदान गर्नुपर्नेछ ।

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

प्रतिक्रिया