सेयर बजारमा अस्थायी स्याचुरेसन

काठमाडौंः सेयर बजार परिसूचक अस्थायी स्याचुरेसनको तहमा पुगेको देखिएको छ । नेपाल राष्ट्र बैंकको सेयर धितो कर्जामा कडाइ गर्ने नीति र राजनीतिक अनिश्चितताका कारण आइतबार करेक्सन भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार १.५७ प्रतिशत अर्थात् ३०.३३ अंकले बढेर १,९६५.९६ बिन्दूमा पुगेको छ । मंसीर १७ मा सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च २,०७१.०२ बिन्दूमा पुगेको थियो । त्यसयता बजार करेक्सन हुने र बढ्ने भैरहेको छ । बजार बढ्दा पनि मंसीर १७ मा बजारले कायम गरेको रेकर्डभन्दा तलै रहेर बढ्ने र करेक्सन हुने भएकाले सेयर बजार विश्लेषकहरूले यसलाई अस्थायी स्याचुरेसनको अवस्थाका रूपमा व्याख्या गरेका छन् ।
‘अहिलेको राजनीतिक अनिश्चितता, पुस मसान्तमा कर र बैंकको कर्जा भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्वका कारण सेयर बजार परिसूचक मंसीर १७ को रेकर्डमा अस्थायी संतृप्तितर्फ डोरिएको छ,’ सेयर बजार विश्लेषक प्रकाश रजौरियाले भने, ‘बजारमा सेयर कारोबारको प्रवृत्तिमा कम्तीमा एउटा वा दुईओटा रेड क्याण्डल स्टीक बनेपछि बजार पुनः अगाडि बढ्छ ।’
आज सेयर बजारमा व्यापार, होटल र म्युचुअल फण्ड समूहका बाहेक सबै समूहका परिसूचकहरू धनात्मक देखिएका छन् । बैंकिङ्ग, विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, जीवन र निर्जीवन बीमा, म्यानुफ्याक्चरिङ तथा प्रडक्सन, लघुवित्त तथा अन्य समूहका परिसूचक उकालो लागेको छ । आज एनआईसी एसिया बैंक, एनएमबी माइक्रो फाइनान्स, कालिका पावर कम्पनी लिमिटेड, शिवम् सिमेन्ट लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ । त्यस्तै नारायणी विकास बैंक, युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावरको सेयर करिब १० प्रतिशतको हाराहारीमा घटेको छ ।
सोमबार नेप्सेमा २०२ कम्पनीको ६ अर्ब ६९ करोड ८८ लाख रुपैँया मूल्यका एक करोड २३ लाख ८२ हजार चार सय ८२ कित्ता सेयर ६४ हजार नौसय ८३ कारोबारबाट किनबेच भएको छ ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया