बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

ओलीलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौँ : सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने सिफारिस केन्द्रीय कार्यसमितिमा गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ ।

आइतबार बसेको स्थायी समितिले ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । त्यो अनुशासनको कारबाही गर्ने सिफारिस स्थायी समिति सदस्य लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोगलाई लिखितरूमा जानकारी गराएका हुन् । 


‘हामीले हिजो स्थायी समितिबाट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेका थियौँ,’ स्थायी समिति सदस्य पोखरेलले इकागजसँग भने, ‘त्यो जानकारीसहितको अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्र आज मैले निर्वाचन आयोगमा बुझाएको छु ।’
नेकपाको केन्द्रीय समिति मंगलबारका लागि बोलाइएको छ ।