शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

देशभर १८३ कोभिड संक्रमित थपिए

फाइल तस्बिर

काठमाडौँ- देशभर नयाँ १८३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ८४४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १७४ र एन्टीजेन्ट विधिबाट ९ जनामा कोभिड पुष्‍टि भएको थियो ।

२४ घण्टामा ६४९ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४३८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ८ हजार ४१३ जना छन् ।

आईसीयूमा २०० र भेन्टीलेटरमा ५५ उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार ७६३, संस्थागत आईसोलेशनमा ६५० र क्वारेन्टाइनमा ११५ जना छन् ।