सुशान्तको विवादले रियालाई घाटा, फिल्मलाई फाइदा

मुम्बई : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु हत्या कि आत्महत्या भन्ने विवादले बलिउड दर्शकको निशानामा पर्यो । यो विवादको समयमा रिलिज भएका धेरै फिल्मले नेगेटिभ कमेन्ट पाए । राम्रै फिल्ममा पनि लाइकभन्दा डिसलाइकको संख्या धेरै थियो । यो विवादले सबैभन्दा धेरै दुःख पाइन् सुशान्त कि प्रेमिका रिया चक्रवर्तीले ।
सुशान्तको मृत्युमा उनको हात छ कि छैन, अनुसन्धान ब्युरोले परिणाम सार्वजनिक गरिसकेको छैन तर यो बीचमा रियाले जेलको हावा खाइसकेकी छिन् । तर, यो सम्पूर्ण विवादले रिया अभिनित फिल्मलाई भने फाइदा भएको छ । अमिताभ बच्चन, इमरान हासमी र रिया अभिनित फिल्म ‘चेहेरे’लाई ओटीटी सञ्चालकले हातहातै लिन खोजिरहेको खबर छ ।
फिल्मको सुटिङ पूरा नहुँदै ओटीटीबीच यो फिल्म लिने प्रतिस्पर्धा सुरु भएको छ । तर, यो दौडमा डिज्नी हटस्टारले बाजी मारेको खबर छ । यति मात्र हैन, फिल्मले राम्रो रकम पनि पाएको बलिउड हंगामाले लेखेको छ । डिज्नीले प्रदर्शन अधिकार लिइसके पनि फिल्मको सुटिङ भने सकिइसकेको छैन । सिबिआइको अनसुन्धानको निष्कर्ष सार्वजनिक नहुँदा रियाले सुटिङमा समय दिन पाइरहेकी छैनन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया