राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको कदर गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको अवसर पारेर सम्पूर्ण नेपालीहरुको शान्ति, उन्नति र प्रगतिको कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल संवतले नेपाललाई कोरोनामुक्त बनाउने विश्वास समेत व्यक्त गरे । उनले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको मानव सेवाप्रतिको भावनालाई उच्च सम्मान गर्दै उनको योगदानको कदर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल संवत ११४२ को अवसर पारेर शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित सांस्कृतिक र्यालीमा बोल्दै उनले नेपालको गरिबी निर्मूल गर्ने अभियान सुरुवात गर्नु भएका राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको प्रचारप्रसार गरी सबै मानवको हितलाई सर्वोपरी ठानेर अघि बढनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले भने, ‘यस नयाँ वर्ष नेपाल संवतको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शान्ति, उन्नति र प्रगतिको कामना गर्दै यस संवतले नेपाललाई कोरोना मुक्त बनाउँनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाली माटोमा जन्मेको नेपाल संवत नेपालको राष्ट्रिय सम्मत भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रपतिदेखि आम नागरिक सबैले व्यवहारिक रुपमै स्विकार गर्दै गएको चर्चा गरे । उनले काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको उच्च मूल्यांकन गर्दै उनको नाममा पार्क समेत निर्माण गरेको स्मरण गरे ।
सांस्कृतिक ¥यालीमा नेपाल संवतको महत्व उल्लेख गरिएका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया