नेपालका चार क्लबलाई एएफसी लाइसेन्स

काठमाडौँ- शहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने चार क्लबले एसियन फुटबल महासंघ (एएफसी)को लाइसेन्स पाउने भएका छन् । नेपाली क्लबलाई एएफसी लाइसेन्स प्रदान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को कमिटी दी फस्ट इन्सटान्ट बडी (एफआईबी)ले मछिन्द्र क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपीएफ क्लबलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
एन्फाका अनुसार प्रदान गरिने एएफसी लाइसेन्स यस सिजनका लागि मान्य हुनेछ । गत वर्ष आर्मीले मात्र एएफसी लाइसेन्स पाएको थियो । एएफसीले सञ्चालन गर्ने महादेसीय प्रतियोगितामा भाग लिन कुनै पनि क्लबका लागि एएफसी लाइसेन्स अनिवार्य हो ।
एएफसी लाइसेन्स नभएकै कारण २०७६ को ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले एएफसी कपको छनौट खेल्न पाएको थिएन । मछिन्द्रको सट्टामा आर्मीले एएफसी कप छनौटमा भाग लिएको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया