आचार्य नेतृत्वको सरकारले गरेको काममा बिषयमा पुनरावलोकन हुन्छ: मुख्यमन्त्री राई
काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा बिषयमा पुनरावलोकन गरिने बताएका छन् ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँंग कुरा गर्दै मुख्यमन्त्री राईले आचार्य नेतृत्वको सरकारले रित नपुर्याई गरेका कामलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै पुनरावलोकन गरिने बताएका हुन् ।
उनले यसअघिको प्रदेश सरकारले कानुनविपरित र रित नपुर्याई धेरै काम गरेको र त्यसलाई खारेज गर्ने धारणा राखे । उनले आफू अगाडिका दुई वटा सरकारले गरेका महत्वपूर्ण र राम्रा कामलाई भने वेवारिसे नछाड्ने भन्दै निरन्रता दिने उल्लेख गरे ।
त्यस्तै मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा प्रदेशको नामाङ्करणलाई टुङ्गो लगाउन पहलकदमी र नेतृत्व लिने जिकिर गरे ।
उनले प्रदेशको बजेट अत्यन्तै सानो रहेको र बजेटको आयातनलाई ठूलो बनाउन प्रयास गरिने जानकारी दिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया