'द हिमालयन सनराइज'को लण्डनमा विमोचन

संगीता स्वेच्छाद्धारा संकलित÷लिखित तथा संगीता स्वेच्छा तथा क्यारेन भ्यान डि द्धारा सम्पादित 'द हिमालयन सनराइज: एक्सप्लोरिङ नेपाल्स लिटररी होराइजन' लक्ष्मी जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद, युकेद्वारा आयोजित आज एक कार्यक्रमा सार्वजनिक गरिएको छ । उक्त पुस्तकको विमोचन डा. राघव धिताल ओबीईले गरेको हुन् ।
प्रमुख अतिथि डा धितालले पुस्तक विमोचन गर्दै भने 'यो पुस्तकले कविता, पुस्तक समीक्षा र पुस्तकहरूको जानकारी बाहेक नेपालका विशिष्ट साहित्यिक व्यक्तित्वहरूसँगको अन्तर्वार्ता, चित्रकलाहरू आदिमार्फत नेपाल, नेपाली साहित्य र नेपाली संस्कृतिलाई परिचित गराउँछ । यस अर्थमा यो पुस्तक उत्कृष्ट साहित्यिक सामग्रीहरुको संकलन हो ।'
'वास्तवमा, मलाई लाग्छ कि संसारभरि बस्ने नेपालीहरूले यस्तो प्रकाशनको चाहना राखेको लामो समय भइसकेको छ । पुस्तकले नेपाली साहित्य जगतलाई थप आयाम दिनेछ' डा. धितालले भने ।
पुस्तक बेलायतस्थित बुकहिल इन्टरनेसनलले प्रकाशन गरेको हो । लेखक एन्ड्री रोबीका अनुसार अनुसार यो एक ज्ञानवर्धक प्रकाशन हो जुन नेपाली साहित्यको बारेमा जान्न चाहने व्यक्तिले पढ्नै पर्नेछ।
'यो पुस्तक प्रकाशनले म एकदम उत्साहित छु । यस पुस्तकले पाठकलाई मौलिक नेपाली स्वादको साहित्य पस्कने छ भन्ने विश्वास छ'संगीता स्वेच्छाले भनिन् । “इलेक्ट्रोनिक भर्सन र हार्डककभरमा पनि पुस्तक आउने क्रममा छ । खुसीको कुरा यो पुस्तकको इबुक र्भसन चाँडै नै बुक हिल इन्टरनेशनल र बुक हिल वेबसाइट दुवैमा पाठकले प्राप्त गर्न सक्नुहुनेछ ।” उनले जानकारी दिइन् ।
उक्त कार्यक्रममा पुस्तकका बारेमा बोल्ने क्रममा कवि तथा अनुवादक हेम विश्वकर्माले विभिन्न विधालाई एकै पुस्तकमा समेटेर मौलिक नेपाली साहित्यलाई विश्व साहित्य संसारमा यसरी ल्याइएको सम्भवतः पहिलोपटक देखेको भनि टिप्पणी गरे ।
'विश्व साहित्य क्षितिजमा नेपाली साहित्य उत्थानका लागि यस्ता काम विरलै भएका छन् । उहाँहरुले गर्नुभएको यो मेहेनत एकदमै सराहनीय छ । नामजस्तै यसले नेपाली साहित्यको ‘हिमालय’ विश्व साहित्यसामु एउटा प्रकाश झैँ देखिनेछ' विश्वकर्माले भनिन् । उक्त पुस्तक अमेजन मार्फत बजारमा उपलव्ध छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया