'१० भाइ'लाई नेकपा समाजवादीमा आउन नेपालको आह्वान
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाईलाई नेकपा एसमा आउन आह्वान गरेका छन् ।
एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे ।
‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा उनले भने ।
अध्यक्ष नेपालले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, 'हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया