भक्तपुरको एकै नगरमा आज ओली, दाहाल र माधवले सम्बोधन गर्दै
काठमाडौँ- भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपुर थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । मध्यपुर थिमि नगरपालिकाको ‘गन्तव्य मध्यपुर थिमि’ तस्बिर पुस्तक बिमोचन पनि गर्ने कार्यक्रम छ । कार्यक्रम मध्यपुर थिमि ४, निगुपुखमा १ बजे हुनेछ ।
यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको मध्यपुर थिमि नगर कमिटीको नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभुती शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बोधन गर्नेछन् । कार्यक्रम शंखधरचोक, मध्यपुर थिमिमा दिउँसो साढे १ बजे हुनेछ । थिमिमा ओली र दाहालको कार्यक्रम लगभग एकै समयमा परेको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बालकुमारी थिमिमा हुनेछ ।
त्यसैगरी नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मध्यपुर थिमि नगर कार्यसमितिले शुभ दिपावली, नेपाल सम्वत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम विहान ८ बजे मध्यपुर थिमि-५ भुलांखेलमा हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया