न्यायालयको गल्ती ढाकछोप नगरौँ, अदालतले नसके सच्याउने संसद्ले हो : बाबुराम भट्टराई
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयको विवादमा मुख खोलेका छन् । दलहरू मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका छन् ।
न्यायालयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्ती सच्याउन नसके संसद् अघि सर्नुपर्नेमा जोड दिएका छन् ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सिधै हटाउनुपर्छ त भनेका छैनन् तर उनको आशय जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद् अग्रसर हुनुपर्ने खालको छ ।
‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ बाबुरामले भनेका छन्, ‘राज्य/समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासँगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप नगरौं ।’
यसअघि जसपाकै सांसद इस्तियाक राईले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।
शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन।राज्य/समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासंगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने?कि आफैले नत्र व्यवस्थापिकाले हैन र?गल्ती ढाकछोप नगरौं!
— Baburam Bhattarai (@brb1954) November 3, 2021
त्यसैगरी कांग्रेसका १२ जना नेताले अदालतमा देखिएको समस्यामा न्यायाधीशहरूको पक्षमा पार्टी उभिनुपर्ने धारणा राखेका थिए ।
माओवादी केन्द्रका सांसद रामनारायण विडारीले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने प्रशस्त आधार भएको बताएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया