प्याकिङ गर्ने झन्झटले नकिन्नुस् प्याकेटको मसला

काठमाडौँ - प्याकिङ गर्ने झन्झटले धेरै दिदीबहिनीले तिहारका लागि प्याकेटको भाई मसला किन्छन् । ती प्याकेटमा भएका मसला हामीले तिर्नेभन्दा निकै कम मुल्यको हुन्छ । तर, हामी भने जुन मसलाको प्याकेटलाई राम्रोसँग सजाइएको छ, त्यही किन्छौँ । त्यसभित्र राखिने मसलाबारे कमैमात्र हेक्का राख्छौँ । र, पछि मसला खोलेर हेर्दा आफू ठगिएको पत्तै पाउँदैनौँ ।
यसरी मसला किनेर ठगिनुभन्दा घरमा आफैँले मसला बनाउन सकिन्छ । जुन बजारको प्याकेटवाला मसलाभन्दा सस्तो र गुणस्तर हुन्छ । घरमा आफैँले मसला बनाउँदा आवश्यक पर्ने ओखर, काजु, बदाम, किसमिस, ल्वाङ, सुकमेल, मिस्री, छोकडा, ओखर, मखनालगायत सामाग्री छुट्टाछुट्टै किन्नुस्पर्छ ।
आवश्यकता अनुसार किनिएका ती मसलालाई आफ्नो तरिकाले विभिन्न साइजमा प्याकिङ गर्न सकिन्छ । मसला प्याकिङ गर्ने थालीदेखि बकेटसम्म बजारमा जताततै पाइन्छ । यो पनि हामीले सस्तो मुल्यमा नै पाउन सक्छौँ ।
तिहारमा प्रयोग हुने मसला लामो समयसम्म बिग्रिँदैन । यसलाई लामो आयुका प्रतीक पनि मानिन्छ । साथै भाइमसलामा प्रयोग हुने यी मसलाहरू स्वास्थ्यका लागि लाभदायक हुन्छन् । तर, मसला किन्दा र दिँदा आफ्ना दाजुभाइको स्वास्थ्यको ख्याल राख्नुपर्छ ।
आफ्ना दाइभाइको स्वास्थ्य अवस्था हेरेर मसला प्याकिङ गर्नुपर्छ । धेरैलाई आजभोलि मधुमेहको समस्या छ । आफ्ना मधुमेह भएका दाई भाईलाई मसला प्याकिङ गर्दा विचार पुर्याउनुपर्छ । उनीहरूको स्वास्थ्यस्थितीको ख्याल राख्नुपर्छ । उनीहरूलाई गुलिया र स्वास्थ्यलाई हानी गर्ने खालका मसला हालिदिनु हुँदैन ।
मिस्री र बजारिया चकलेट उनीहरूको मसलाको प्याकेटमा हालिदिनु हुँदैन । चाडपर्वमा बजारिया मिठाइबाट आफू पनि बच्नुपर्छ र आफन्तलाई पनि बचाउनुपर्छ ।

सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

एनआइएमबी बैंकबिरुद्धको एनभिएको आन्दोलनमा सम्पुर्ण इन्जिनियरिङ्ग संघसंस्थाहरुको…

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि जेल चलान

सिरहामा ८० वर्षीय वृद्धको हत्या

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

प्रतिक्रिया