किमाथाङ्का नाकालाई व्यवस्थित गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

खाँदवारी– अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञ्चालन गर्ने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएको हो । अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने उनले बताए ।
संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने उल्लेख गरे । अर्को एउटा कार्यक्रममा मन्त्री शर्माले अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताए ।
‘अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई स्थायित्व र दीगो विस्तारको मार्ग सिर्जना गर्नेछ,’ उनले भने ।
व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन संखुवासभामा रहेका कारण सरकारले लगानी बढाउने अर्थमन्त्री शर्माले प्रतिबद्धता जनाए । अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो ।

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

प्रतिक्रिया