बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

बालुवाटारमा ओली पक्षीय भेला, बाध्यताले प्रतिनिधि सभा विघटन गरेको ओलीको ब्रिफिङ

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रनिति सभाका आफू निकटका सांसदहरुसँग छलफल गरेका छन् । आइतबार प्रतिनिधिसभा विघटनपछि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका नेताहरूसँग छलफल गरेका हुन् । 

छलफलमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन आफ्नो रहर नभइ बाध्यता भएको बताएका छन् । उनले संसद पुनःस्थापनाको सम्भावना नभएको भन्दै चुनावको तयारीमा लाग्नसमेत आग्रह गरे । 

ओलीले आज बिहान आफु निकट केन्द्रीयहरुलाई बोलाएर छलफल गरेका थिए ।