नक्कली भ्याट बिलमा २ अर्ब ३६ करोड दाबीसहित मुद्दा दायर

काठमाडौँ– झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक (विल) प्रयोग गरी राजस्व चुहावट गरेका अभियोगमा ७ जना विरुद्ध २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ विगो माग गर्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा १७ ओटा मुद्दा दर्ता गरेको छ ।
रौतहट गरुडास्थित संग्रिला ट्रेड एन्ड सप्लायर्स फर्मका सञ्चालक गुलसन श्रीवास्तव; वीरगञ्जस्थित न्यू महादेव इन्टरनेशनलका सञ्चालक रामबाबु ठाकुर हजाम; पर्सा बेलवाका मयंक इन्टरप्राइजेजका प्रोपाइटर अब्दुल्लाह महमत देवान साह; बार जितपुर उपमहानगरपालिका–७ स्थित न्यू महादेव इन्टरनेशनलका प्रोपाइटर नन्दकिशोर शर्मा; बारा जिल्ला फेदा गाउँपालिका–१ भलुही भरवलिया बस्ने सांग्रिला ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपाइटर पलट राउत अहिर; बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर राजदेव रायभर तथा वीरगञ्ज महानगरपालिका–३१ वेलवास्थित प्रिन्स इन्टरनेशनलका प्रोपाइटर रामचन्द्र माझीलाई राजस्व अनुसन्धान विभागले राजस्व छलीको मुद्दा दायर गरेको हो ।
विभागका अनुसार सांग्रिला ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर पलट राउत अहिरले राजस्व चुहावट गर्ने उद्देश्यले नक्कली कर विजक मात्र लिई वस्तु र सेवा नै खरिद नगरी त्यस्ता कर विजकको मात्र कारोबार गर्ने गरेको पाइएको थियो । त्यस्ता झुट्ठा र नक्कली मूल्य अभिवृद्धि कर विजकहरूबाट आयकरतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरेको कसुरका आधारमा मुद्दा दायर गरिएको हो ।
भ्याटतर्फ १६ करोड २६ लाख आयकरतर्फ ३७ करोड ५५ लाख र यसबाट हुने कुल ५३ करोड ८१ लाख रुपैयाँ विगोमा शत प्रतिशत जरिवाना गरी १ अर्ब सात करोड रुपैयाँ माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

प्रतिक्रिया