अमेरिकामा ३ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप दिइने

न्युयोर्क - अमेरिकाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप स्वीकृत गरेको छ । योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन् ।
रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन गरेको हो । अमेरिकामा यसअघि १२ वर्षमाथि बालबालिकामा फाइजर दिइएको थियो । अनुमोदनपछि अमेरिकामा दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन् ।
जनजीवनलाई सामान्य बनाउन बालबालिकालाई पनि खोप आवश्यक भएको विज्ञहरुले सुझाव दिँदै आएका थिए । यसअघि सीडीसीका विज्ञको एउटा टोली र त्यहाँको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले पाँच वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएका थिए ।
कोभिड नियन्त्रणका लागि खोप ९१ प्रतिशत प्रभावकारी हुने एफडीएका अधिकारीहरुले बताएका छन् । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता १६ देखि २५ वर्षका व्यक्तिहरुको जस्तै हुने विज्ञहरुको भनाई छ । खोप लगाएपछि कुनै ‘साईड इफेक्ट’ नदेखिने पनि उनीहरुले बताएका छन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया