दाहालका पछि लागेको सम्झिँदा लाज लाग्छ : प्रभु साह

चितवन – नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पछि लागेको सम्झिँदा लाज लाग्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित एमालेको कार्यक्रममा बोल्दै साहले यस्तो बताएका हुन् ।
दाहालले चुनावमा आफूलाई कम्युनिस्ट बताएर जनताबाट भोट लिए पनि त्यसअनुसार काम नगरेको साहले आरोप लगाए । ‘युद्धका बेला हामीले दाहाललाई साथ दियौं । तर उनका पछि लागेको अहिले सम्झिँदा लाज हुन्छ । चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन,’ साहले भने, ‘अहिलेका दाहाल पहिलेको जस्तो लाग्दैन । हामी किन यस्ताका पछि लागेछौं । अहिले सम्झिँदा लाज लाग्छ ।’
अघिल्लो निर्वाचनमा दाहालले ‘भरतपुर काण्ड’ मचाएको साहले आरोप लगाए । सो काण्ड चितवनका लागि धब्बा भएको उनले बताए । ‘भरतपुरमा लागेको त्यो धब्बा मेटाउन अब जरुरी छ । अहिले पनि असली माओवादी एमालेमै छ,’ साहले भने ।
एमालेले १० औं महाधिवेशन चितवनमा आयोजना गर्ने भएको छ । सोमबार नै अध्यक्ष केपी ओलीसहितका नेता चितवनका विभिन्न स्थानमा पार्टी केन्द्रित कार्यक्रममा व्यस्त छन् । चितवन भ्रमणका क्रममा ओली एमालेको महाधिवेशन आयोजनास्थल नारायणी नदी किनार, सौराहा, माडीमा रहेको राम मन्दिरलगायत स्थानमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । काठमाडौँबाट चितवन गएको एमाले टोली मंगलबार फर्कदै छ ।

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

प्रतिक्रिया