राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा काठमाडौंमा हुँदैछ । महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेला भएको थियो ।
विशेषगरी सो भेलाले अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीलाई अभिभावकको रूपमा रहेर नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको छ । सो भेलालाई सम्बोधन गर्ने क्रममा राजेन्द्र लिङ्देन र डा. धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नयाँ नेतृत्वको आवश्यक रहेको बताए । राप्रपाको आगामी नेतृत्व लिन आफू तयार रहेको लिङ्देनको उद्घोष छ ।
राप्रपा र देशको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशनमै नेतृत्व परिवर्तन अपरिहार्य रहेको लिङ्देनको भनाइ छ । एकतापछि पार्टीले गति लिने अपेक्षामाथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको भन्दै लिङ्देनले पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गरेर नेतृत्व चयन गर्नुपर्ने बताए । डा. धवलशमशेर राणाले जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्न यथास्थितिको निरन्तरताभन्दा नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया