सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सिडिएसिले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)ले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पुस २७ मा बस्ने १०औं साधारणसभाले यसलाई अनुमोदन गर्नेछ । बिहान ९ बजे बस्ने तय भएको साधारणसभाको कार्यक्रम पुतलीसडकको सेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा राखिएको छ ।