बेन्च 'सेटिङ'ले थप समस्या उत्पन्न भयोः वरिष्ठ अधिवक्ता दाहाल

काठमाडौँ - वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश जबराले मन लागेका मुद्दा मन लागेका न्यायाधीशहरुलाई दिएको आरोप लगाएका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको विरोध प्रदर्शनमा बोल्दै उनले न्यायमा निष्पक्षता नभएको बताउँदै बेन्च सेटीङले थप समस्या उत्पन्न भएको बताए ।
उनले न्यायालय धरापमा पर्दा समेत राजनीतिक दलहरु मौनता साँधेर बस्ने हो भने राजनीतिक दलहरुको पनि राम्रो नहुने बताए । नेताहरुको चाकडी गर्न नसक्ने बताउँदै उनले राजनीतिक दलले आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाए ।
‘प्रधानन्यायाधीश र न्यायाधीशको बीचमा पनि संवाद हुन सकेको छैन, सकसपूर्ण अवस्थामा सर्वोच्चका मान्य न्यायाधीशहरु हुनुहुन्छ, उहाँहरुले गरेका भूमिकाबाट सर्वोच्चका न्यायाधीशहरु कति चिन्तित हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ, उहाँले मन लागेका मद्दाहरु मन लागेको न्यायाधीशलाई दिने, न्यायमा निष्पक्षता भएन, बेन्च सेटिङले समस्या उत्पन्न भएका छन् । संवैधानिक इजलासलाई अनिर्णयको बन्दी बनाएको छ,' वरिष्ठ अधिवक्ता दाहालले भने, 'राजनीतिक दलका नेताहरुले यो कुरालाई मौनता साँधेर बसे भने उनीहरुलाई पनि कल्याण हुँदैन, राजनीतिक दलका नेताहरुको चाकडी गर्न जान सक्दैनौँ,न्यायप्रतिको संवेदनशीलतालाई बुझ्नुपर्छ, मौन बसेर होइन, राजनीतिक दलले पनि आफ्नो भूमिका राम्रोसँग गर्न सकेको छैन ।’
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया