देशभर ११ को मृत्यु, ४६९ संक्रमित थपिए

काठमाडौँ- देशभर ४६९ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार २८७ जनाको कोभिड परीक्षण गरिएको छ। पीसीआर परीक्षणबाट ४२२ र एन्टीजेन्ट विधिबाट ४७ जनामा कोभिड पुष्टि भएको थियो ।
२४ घण्टामा ५५५ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९२ हजार ८३२ जना संक्रमणमुक्त भइसकेका छन् । आज ११ जनाको मृत्यु भएकाे छ भने हालसम्म देशभर ११ हजार ४२७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ९ हजार १७४ जना छन् ।
आईसीयूमा २४१ र भेन्टीलेटरमा ७४ उपचाररत छन् । होम आईसोलेशनमा ८ हजार ४६८, संस्थागत आईसोलेशनमा ७०६ र क्वारेन्टिनमा १२० जना छन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया